NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेयर बजार सातैभरी ओरालो, कारोबार रकम ५० करोडमा खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि नेप्से ओरालो लाग्ने क्रम अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको छ ।

नेप्से घटेसँगै कारोबार रमसमेत घटेको छ । बिहीबार कुल २२१ स्टकको १७ हजार २९६ पटकको कारोबारमा १५ लाख ४६ हजार ८५७ कित्ता शेयर खरिदबिक्री हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रूपैयाँको कारोबार भएको छ । बुधबार ६४ करोड ३६ लाख ७ हजार कित्ता शेयर कारोबार भएको थियो ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । आज व्यापारको सर्वाधिक ०.६९, विकास बैंकको ०.२५ र लगानीको ०.१७ प्रतिशत बढेको छ । आज घटेका उपसमूहरूको परिसूचक १ प्रतिशतभन्दा कम छन् ।

बिहीबार सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतको दरले कमाएका छन् । बिन्ध्याबासिनी हाइड्रोपावर ४.३७, बिशाल बजार कम्पनी ४.०४, नारायणी विकास बैंक ३.४ र रूरूका लगानीकर्ताले २.७ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै बिहीबार सेन्चुरीका डिवेन्चकरका लगानीकर्ताले सबैभन्दा धेरै ७.७३ प्रतिशतका दरले गुमाएका छन् । सामूदायिक लघुवित्त वित्तिय संस्था७.६७, अभियान लघुवित्त ६.५९, हिमालयन पावर पाटर्नर ५.६१ र अपर हेवाखोलाका लगानीकर्ताले ५.५६ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन अभियान लघुवित्त शीर्ष स्थानमा रहेको छ । उक्त लघुवित्तले ३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंक २ करोड ४९ लाख ४ हजार, नबिल बैंक २ करोड ३७ लाख ८८ हजार र एनआइसी एशिया १ करोड ३३ लाख ८८ हजार कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।