चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।
प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरु मिलेर वाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको जानकारी दिँदै संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको प्रष्ट पारेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया