नेपालआफैंले सेयर गरेका थिए विवादित ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं’ भिडियो
काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालललाई निर्वाचन आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
नेपाललले गत आइतबार रौतहट १ मा आयोजित चुनावी सभामा प्रलोभनमा पार्ने गरी नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा विदेश पठाइदिने आश्वासन दिएपछि आयोगले कारबाहीको निर्देशन दिएको थियो ।
निर्वाचनमा यसरी कसैलाई प्रलोभनमा पार्ने गरी भोट माग्न पाइदैन । तर नेपालले बिना ढेउवा (पैसा) भिसा र टिकट दिने भन्दै आश्वासन र प्रलोभन दिएपछि उनी विवादमा तानिएका हुन् । नेपालले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तो विवादित भिडियो नै माधव नेपालको भेरिफाइड पेजबाटसमेत सेयर भएको थियो । शम्भु साह समर्थक प्रयोगकर्ताले सेयर गरेको भिडियो नेपालको आधिकारिक फेसबुक पेजबाट सेयर भएको देखिन्छ ।
निर्वाचन आयोगले माधव नेपाललाई कारबाही गर्न किन दियो निर्देशन ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया