NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बिवाइडी एटो-३ शनिबार पोखरामा सार्वजनिक हुँदै, ३ लाखमै बुकिङ गर्न सकिने

काठमाडाैं । बिवाइडीको एटो ३ शनिबार पोखरामा सार्वजनिक हुने भएको छ । पर्यटकीय सहर पोखरामा यूनिक फिचर्स र डिजाइनमा बनेको इभी कार एटो ३ पोखराको बिवाइडी शोरुम उत्तमचोकमा सार्वजनिक हुन लागेको हो ।

पोखराको लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले एटो ३ सार्वजनिक सँगै बिवाइडीको एक्सुसिलिभ सोरुमको पनि उद्घाटन हुने जनाएको छ । चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स ९बिवाइडी० को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ ।

पोखराका कर्पोरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीका बीच सार्वजनिक हुन लागेको एटो ३ को आइतबारदेखि नै बुकिङ खुला हुने कम्पनीले जनाएको छ । ८९ लाख ९० हजार पर्ने एटो ३ को ३ लाख रुपैयाँमा बुकिङ गर्न सकिने प्लगइन अटोमोबाइल्सका प्रबन्ध कृष्ण काफ्लेले बताए । ‘एटो ३ को आइतबारदेखि टेस्ट ड्राइभ पनि गर्न सकिन्छ,’ उनले भने ।

नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले गत शनिबार एटो ३ घरेलु बजारमा उतारेको थियो । एटो ३ ले पछिल्लो पटक विश्व बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गत साता भारत र मंगोलियामा पनि एटो ३ सार्वजनिक भएको थियो ।

आकर्षक फिचर र लक्जरीयस सुविधाका कारण विश्व बजारमा लोकप्रिय भएको एटो ३ नेपाली उपभोक्ताहरुको मन पनि छिट्टै जित्ने विश्वास कम्पनीले लिएको छ । एटो ३ का ब्राण्ड एम्बास्डरको रुपमा हरिवंश आचार्य रहेका छन् ।

एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्णसुरक्षित पारेको जनाएको छ ।

एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ । यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ । एटो ३ ले ७।३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ ।

एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ ।

एटो ३ को बाहिरी डिजाइन आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन् ।