कांग्रेस, माओवादी र समाजवादी एउटै दलजस्तो हो : खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी) लाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन् ।
इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दलजस्तै भएर आएको बताए ।
चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले भने, “हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाइँ संविधान विरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।”
देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनमा कम्युनिस्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले यो स्वाभाविक भएको उल्लेख गरे ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया