अफ्रिकाको माली पुगेर निगमको जहाजको टायर ‘पन्चर’ भएपछि…

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज टायर पश्चिम आफ्रिकाको माली पुगेर पन्चर भएको छ ।
बुधबार राति नेपाली सैनिक लिएर काठमाडौंबाट मालीका लागि उडेको जहाज यस्तो समस्या आएपछि उतै ग्राउण्डेड भएको हो । जहाजको ल्याण्डिङ गियरको टायर पन्चर भएको हो ।
निगमका एक अधिकारीले बताएअनुसार काठमाडौंबाट दाेहा, दाेहाबाट चाड र चाड हुँदै माली पुगेको जहाजको त्यहाँ पुग्नेवित्तिकै टायर ब्रस्ट भएको हो । निगमले हालसम्म जगेडा टायरर पठाउन नसकेका कारण जहाज उतै अलपत्र छ ।
जहाज ग्राउण्डेड भएसँगै नेपाल फर्किन ठिक्क परेका ७५ जना सैनिक उतै अलपत्र परेका छन् । यो चार्टर उडानम सैनिकसँगै चारजना पाइलट, दश क्याबिन क्रु, ६ जना प्राविधिक र अन्य २० जना कर्मचारी सवार छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया