अफ्रिकाको माली पुगेर निगमको जहाजको टायर ‘पन्चर’ भएपछि…
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज टायर पश्चिम आफ्रिकाको माली पुगेर पन्चर भएको छ ।
बुधबार राति नेपाली सैनिक लिएर काठमाडौंबाट मालीका लागि उडेको जहाज यस्तो समस्या आएपछि उतै ग्राउण्डेड भएको हो । जहाजको ल्याण्डिङ गियरको टायर पन्चर भएको हो ।
निगमका एक अधिकारीले बताएअनुसार काठमाडौंबाट दाेहा, दाेहाबाट चाड र चाड हुँदै माली पुगेको जहाजको त्यहाँ पुग्नेवित्तिकै टायर ब्रस्ट भएको हो । निगमले हालसम्म जगेडा टायरर पठाउन नसकेका कारण जहाज उतै अलपत्र छ ।
जहाज ग्राउण्डेड भएसँगै नेपाल फर्किन ठिक्क परेका ७५ जना सैनिक उतै अलपत्र परेका छन् । यो चार्टर उडानम सैनिकसँगै चारजना पाइलट, दश क्याबिन क्रु, ६ जना प्राविधिक र अन्य २० जना कर्मचारी सवार छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया