शान्ति समाजद्वारा दुई साहित्यकार पुरस्कृत
मोरङ । मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पुर्याएबापत दुई साहित्यकारलाई यहाँ पुरस्कृत गरेको छ ।
समाजद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले भौतिक संरचनाको विकासलाई भाषा, साहित्य र कलासँग जोड्न सके दिगो विकास हुने बताए ।
समारोहमा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले साहित्य एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्कने धारणा राखेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया