NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरियाले अहिलेसम्मकै धेरै कामदार लैजाँदै, पुरानालाई पनि मौका

काठमाडौं । दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत १ लाख १० हजार कामदार लैजाने भएको छ । शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।

कोरियाको मजदुर अभाव कम गर्न आगामी वर्ष अघिल्ला वर्षहरूको तुलनामा झण्डै दोब्बर कामदार ल्याउन लागेको हो । नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्वेकिस्तान, कम्बोडियासहित १६ मुलुकबाट कोरियाले विदेशी कामदार ल्याउने गर्छ ।

कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरूको कोटा निर्धारण गर्छ । बैठकमा सरकार, मजदुर र उद्योगीका प्रतिनिधिहरू सहभागी हुन्छन् । सन् २०२३ का लागि तोकिएका १ लाख १० हजार कामदारमध्ये नयाँ कामदार ८९ हजार ९७० जना तोकिएका छन् भने २० हजार ३० जना कोरियामा एक कार्यावधि काम गरेका हुनेछन् । एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारका रूपमा डाक्न सक्ने प्रावधान छ ।

कामदारमध्ये उत्पादन क्षेत्रमा ७५ हजार जना कामदार आउनेछन् भने कृषि क्षेत्रमा १४ हजार जना कोरिया आउन पाउनेछन् । माछापालनमा ७ हजार, निर्माण क्षेत्रमा ३ हजार, सेवातर्फ एक हजार आउन पाउनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।