तिहारमा बोनस नपाएपछि कर्मचारीले लुट्यो आफ्नै कम्पनी
काठमाडाैं । भनिन्छ मान्छेले बाध्यतामा जे नि गर्न सक्छ । पछि गएर मात्र उसलाई आफूले गरेको अपराधमा पछुतो हुन थाल्छ । यस्तै घटना भारतमा घटेको छ ।
तिहारको समयमा तलब र बोनस नपाएपछि भारतको छत्तीसगढस्थति रायपुरमा एक कर्मचारीले आफ्नै कम्पनीमा चोरी गरेका छन् । उनले केही साथीहरुको सहयोगमा कम्पनीकै ठूलो रकम चोरी गरेको भारतीय प्रहरीले जनाएको छ । अहिले उनीहरुलाई प्रहरीले गिराफ्तार गरिसकेको छ ।
घटना असोज अक्टोम्बर १८ तारिखमा घटेको हो । ओडिसाको एसपी गोयल नामक कम्पनीमा काम गर्ने एक कर्मचारीले मजदुरको केही तलम झोलामा बोकेर हिँडेका थिए । त्यसपछि बाटोमा केही लुटेराहरुले उनको झोला लुटे । कम्पनीका एक कर्मचारीले प्रहरीमा उजुरी दियो ।
अनुसन्धानको क्रममा सो घटनामा खटिएका प्रहरीले उक्त क्षेत्रमा जडान गरिएका सिसीटिभी जाँच गर्दा कम्पनीकै कर्मचारी लुटेरासँग मिलोमत्तो गरेको खुलेको छ । उनीहरु सोही कम्पनीका कर्मचारी विद्याधरसँग प्रहरीले भेट्टाए । प्रहरीले विद्याधरसँग सोधपुछ गर्दा उनले आफ्नो गल्ती स्वीकार गरे । उनले आफ्ना साथीहरुलाई नै कम्पनीमा चोरी गर्न पठाएको प्रहरीसमक्ष बताएका छन् । (भारतीय सञ्चारमाध्यमबाट)
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया