NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी हुन् राष्ट्रपति सीको तेस्रो कार्यकाल हाँक्ने ‘कोर टिम’ का ६ सारथी

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदन भएसँगै उनले आफ्नो टिममा ६ जना स्थायी कमिटी सदस्य नियुक्त गरेका छन् ।

शनिबार सम्पन्न भएको पार्टीको राष्ट्रिय अधिवेशनले उनलाई महासचिव चयन गरेको हो । चीनमा कम्युनिस्ट पार्टीको महासचिव निर्वाचित व्यक्ति नै राष्ट्रपति र सेनाप्रमुख हुने व्यवस्था छ । राष्ट्रपति भएसँगै उनले आफ्नो टोलीमा ६ जना सदस्य नियुक्त गरेका हुन् । सी आफैंले छानेका ६ सदस्यमध्ये चाहो लजी र वाङ हनिङवाहेक अरू सबै नयाँ हुन् ।

लि छियाङ

उमरले ६३ वर्ष पुगेका लि छियाङ सांघाइ प्रदेशमा पार्टी सचिवका रूपमा कार्यरत छन् । उनी राष्ट्रपति सीका सबैभन्दा विश्वासिला पात्र हुन् । यसअघि उनले झेजियाङ प्रान्तका साना काउन्टीहरूमा पनि काम गरेका व्यक्ति हुन् । सी झेजियाङको पार्टी प्रमुख हुँदा पनि लीले सीसँगै रहेर काम गरेका थिए । कोभिड महामारीमा उनले सांघाइमा गरेका काम विवादस्पद बनेका थियो । जसकारण त्यहाँका बासिन्दामाझ उनी निकै आलोचित भएका थिए । यही विषयले उनको राजनीतिक यात्रामा असर पर्नेबारे आंकलन भइरहेको बेलामा सीले उनलाई स्थायी समिति सदस्य बनाएका छन् । दोस्रो वरियतामा रहेका लिलाई धेरैले प्रधानमन्त्री बन्ने विश्वास गर्छन् ।

चाओ लची

६५ वर्षीय लची पार्टीको अनुशासन निरिक्षण केन्द्रीय आयोगका प्रमुख हुन् । यही भूमिकामा रहेर उनले वर्षौंदेखि धेरै वरिष्ठ अधिकारीहरूले लिएको घुसबारे भण्डाफोर गरेका छन् । उनलाई चिनियाँ नेतृत्वमा उदाउँदो ताराको रूपमा हेरिएको छ । उनको पनि सीकोजस्तै शान्सी प्रान्तसँग नजिकको सम्बन्ध छ । ४२ वर्षको उमेरमा गभर्नर बनेका चाओ प्रान्तीय गभर्नर बन्ने सबैभन्दा कान्छा व्यक्तिसमेत हुन् ।

वाङ हनिङ

६७ वर्षी वाङ कम्युनिष्ट पार्टीको सचिवालयको प्रथम सचिव हुन् । पूर्वप्राध्यापकसमेत रहेका उनी ठूला नेताहरूको आकर्षण बन्दै माथिल्लो पदमा उक्लिएका व्यक्ति हुन् । उनले तत्कालीन राष्ट्रपति जियाङ जेमिनको सल्लाहकरसमेत भएर काम गरिसकेका छन् । पार्टीको राजनीतिक सिद्धान्तकारका रूपमासमेत परिचित वाङले पार्टीको अवधारणा निर्माण गरेका छन् । पार्टीले टेकेको जियाङ जमिनको वैज्ञानिक दृष्टिकोण, हु जिन्ताओको विकास मोडल र सी चिनफिङको विचारधारालाई उनैले मिश्रित गरेर पार्टी अवधारणाको आकार दिएका हुन् । चीनको महत्वकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ पनि उनकै विचारबाट आएको प्रस्ताव भएको बताइन्छ । उनी पार्टीको सबै गुटसँग मिलेर बस्न सक्ने सामथ्र्य राख्छन् ।

काइ ची

हाल बेजिङका मेयरसमेत रहेका काइ ची ६६ वर्षका भए । सीको नजिकका सहयोगीसमेत मानिने उनले फ्जियान र झेजियाङ प्रान्तमा सीको अधिनमा रहेर काम गरेका छन् । कोरोनाकालमा पनि उनको नेतृत्वमा बेजिङमा भएको ‘विन्टर ओलम्पिक्स’ सफलतापूर्वक सम्पन्न गरेकोमा पाटीभित्र उनको प्रशंसा भएको थियो । यसअघि सन् २०१७ मा बेजिङको जनसंख्या घटाउने योजना ल्याउँदा भने उनी विवादमा तानिएका थिए । उनले लिएको नीतिले निम्नवर्गका अधिकांश मानिसहरू शहरबाट उठिबास भयो ।

डिङ छोइसियाङ

हाल महासचिव र राष्ट्रपति कार्यालयको निर्देशक रहेका डिङ ६० वर्षका भए । एक प्रशिक्षित इन्जिनियरसमेत रहेका डिङले साङघाइस्थित सरकारसम्बद्ध अनुसन्धान केन्द्रबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए । अरू सदस्यको तुलनामा उनीसँग प्रान्तीय स्तरको पार्टी सचिव या गभर्नरको रूपमा कम अनुभव छ । सन् २००७ मा उनले सीको सचिव भएर काम गरे भने २०१४ देखि उनी राष्ट्रपति कार्यालयको प्रमुखका रूपमा कार्यरत छन् । पछिल्ला केही वर्षमा उनले अधिकांश समय अन्य अधिकारीको तुलनामा सीसँगै बढी समय व्यतित गरेका छन् ।

ली सी

६६ वर्षी लि सी चीनको गुआन्डोङ प्रान्तका पार्टी सचिव हुन् । सीप्रति बफादार मानिने उनी चिनियाँ नेताका परिवारसँग नजिक छन् । पार्टीभित्र लीलाई झूटो आर्थिक तथ्याङ्कका कारण लिओनिङ प्रान्तमा २०१७ मा भएको घोटालालाई सम्हाल्ने संकट समाधानकर्ताको रूपमा हेरिन्छ।
उनी राजनीतिक रूपमा चीनमा महत्वपूर्ण मानिने शहर यानानमा पार्टी नेता थिए । उक्त शहरलाई चिनियाँ नेता माओ त्सेतुङले दोस्रो विश्वयुद्धको समयमा पार्टीको मुख्यालयको रूपमा प्रयोग गरेका थिए । त्यहाँ सीले सात वर्षको कडा परिश्रम गरेका छन् ।
ग्वाङ्डोङको प्राविधिक उद्योगको विकास र आर्थिक सुधारकामा लीले योगदान दिएका छन् । उहाँले नयाँ व्यापार नीति जारी गर्नुका साथै क्षेत्रमा क्षेत्रीय एकीकरणलाई पनि गरे ।