कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्पपत्र (घोषणापत्र) सार्वजनिक कार्यक्रम अन्तिममा आएर स्थगित गरिएको छ ।
यसअघि सोमबार बिहान १०ः३० बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामार्फत घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तय गरेको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले यसको कारणबारे भने केही खुलाएका छैनन् ।
घोषणापत्र सार्वजनिक गर्ने अर्को मिति पनि सार्वजनिक गरिएको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेका थिए । यही समितिले आसन्न निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार पारेको हो ।


प्रतिक्रिया