विष्णु पौडेलविरुद्ध रुपन्देही २ मा गठबन्धनको समर्थन थापालाई
बकाठमाडौं । रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट एमालेका विष्णु पौडेलविरुद्ध राजु गुरुङलाई उम्मेदवार बनाइए पनि उनी बैंकिङ कसुरमा परेकोले निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।
सर्वोच्च अदालत पुगे पनि उनको गुरुङको मुद्दामा अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । जसले रुपन्देही २ मा गठबन्धनको उम्मेदवार नै हुन सकेको थिएन ।
तर सत्ता गठन्धनका शीष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र चित्रबहादुर केसीेले विज्ञप्ति नै जारी गरेर जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
ा
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया