NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

केही स्थानमा विवाद देखिएपछि सत्ता गठबन्धनका शीर्ष नेताले जारी गरेको संयुक्त अपिलमा के छ ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले ४ मंसिरमा हुने निर्वाचनमा केही स्थानमा देखिएको विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको र विवाद देखिएका ठाउँमा छलफलद्वारा निष्कर्षमा पुगिने उल्लेख छ । साथै केही स्थानमा मित्रवत प्रतिस्पर्धा गरिएको भन्दै यस्ता ठाउँमा समान र सौहाद्र्रपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा भनिएको छ ।

‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुका उम्मेदवारलाई बिजयी गराउन सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछौ। साथै केही स्थानहरुमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउन प्रतिवद्धता व्यक्त गर्दछौ । साथै गठबन्धनका सहमतीका उम्मेदवारहरुको सूचि सार्वजनिक गरिएको छ । केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको छ ति स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

४ मंसिरमा सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोसपासहितका दलले तालमेल गरी देशैभर उम्मेदवार उठाएका छन् । तर केही क्षेत्रमा गठबन्धन दलबीच नै अझै कुरा मिल्न सकेको छैन ।

केही ठाउँमा आपसमै उम्मेदवारी परेपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष