NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

खानेपानीबारे कांग्रेस : हरेक घरमा धारो लैजाने, सहरको तिर्खा जलाशयको पानीले मेट्ने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनेमा अबको एक दशकमा देशभरका हरेक घरमा एउटा धारा पुर्याउने प्रतिबद्धता जनाएको छ । सँगै उसले खानेपानी अभावको सामना गरिरहेको सहरको तिर्खा मेट्ने योजना पनि अघि सारेको छ ।

शनिबार सार्वजनिक कांग्रेसको घोषणापत्रमा एक घर, एक धारा कार्यक्रम समेटिएको छ । जसमा आगामी एक दशकमा देशभरका हरेक नागरिकको पहुँचमा स्वस्थ खानेपानी हुने र त्यसका लागि एक घरमा एउटा खानेपानीको धारा पुर्याउने उल्लेख छ ।

‘हरेक नेपालीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न ‘एक घर, एक धारा’ कार्यक्रम यसै दशकभित्र सम्पन्न गरिनेछ,’ घोषणापत्रमा लेखिएको छ ।
खानेपानीका संस्थालाई सस्तोमा बिजुली उपलब्ध गराइने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना हरेक नगरपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ ।

हरेक प्रमुख सहरमा फोहोर पानी प्रशोसधन केन्द्र स्थापना गरेर घर, कारखाना तथा व्यवसायका फोहोर पानी बिनाप्रशोधन सिधै नदीहरूमा नपुग्ने व्यवस्था मिलाउने योजना पनि कांग्रेसको छ । ठूला सहरमा जलायशयबाट पानी आपूर्ति गर्ने र त्यसलाई नियमित रूपमा प्रयोगशालामा परीक्षण गर्ने प्रणाली विकास गर्ने उसको घोषणापत्रमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष