कारको ठक्करबाट शिशुसहित तीन जनाको मृत्यु
भैरहवा । रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
घटनामै परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए । अर्यालका अनुसार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् ।
यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएको उनले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उनीहमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले बताए ।
छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो । कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको जानकारी दिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया