उडान स्वीकृतिबिना यात्रुलाई टिकट बेचेर अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टिकरण
काठमाडौं । नेपाल वायुसेवा निगमलाई उडान स्वीकृति नै नलिइ यात्रुलाई टिकट विक्री गरेर विमानस्थलमा अलपत्र पारेकोबारे स्पष्टिकरण सोधिएको छ । निगमलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
आज प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै काठमाडौंबाट दिल्ली उड्ने उडानका यात्रुलाई उडान स्वीकृति नै नलिए विकानस्थलमा बोलाएर अलपत्र पारिएको उल्लेख गरेको छ । प्राधिकरणले निगमलाई आइतबारबाट लागू हुनेगरी दिएको विन्टर सेड्यूलमा उक्त दिन उक्त उडानका समावेश थिएन । उडान नभएको सूचना समयमै यात्रुलाई दिएर वैकल्पिक व्यवस्था गर्नुपर्ने थियो । तर, त्यसो भएन ।
यसरी यात्रुलाई अलपत्र पारेको र अनुमति नै नपाएको उडानको गैरकानुनी रूपमा बोर्डिङ पास उपलब्ध गराएकोमा प्राधिकरणले स्पष्टिकरण माग गरेको हो । अनुमति नभएको उडानका लागि नियमविपरीत टिकट बिक्रीवितरण गरेकोमा प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्दै आएका निगम र हिमालय एयरलाइन्सलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई बेस बनाएर हप्ताको चारवटा उडान गर्नका निर्देशन दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया