NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उडान स्वीकृतिबिना यात्रुलाई टिकट बेचेर अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टिकरण

काठमाडौं । नेपाल वायुसेवा निगमलाई उडान स्वीकृति नै नलिइ यात्रुलाई टिकट विक्री गरेर विमानस्थलमा अलपत्र पारेकोबारे स्पष्टिकरण सोधिएको छ । निगमलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

आज प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै काठमाडौंबाट दिल्ली उड्ने उडानका यात्रुलाई उडान स्वीकृति नै नलिए विकानस्थलमा बोलाएर अलपत्र पारिएको उल्लेख गरेको छ । प्राधिकरणले निगमलाई आइतबारबाट लागू हुनेगरी दिएको विन्टर सेड्यूलमा उक्त दिन उक्त उडानका समावेश थिएन । उडान नभएको सूचना समयमै यात्रुलाई दिएर वैकल्पिक व्यवस्था गर्नुपर्ने थियो । तर, त्यसो भएन ।

यसरी यात्रुलाई अलपत्र पारेको र अनुमति नै नपाएको उडानको गैरकानुनी रूपमा बोर्डिङ पास उपलब्ध गराएकोमा प्राधिकरणले स्पष्टिकरण माग गरेको हो । अनुमति नभएको उडानका लागि नियमविपरीत टिकट बिक्रीवितरण गरेकोमा प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्दै आएका निगम र हिमालय एयरलाइन्सलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई बेस बनाएर हप्ताको चारवटा उडान गर्नका निर्देशन दिएको छ ।