NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

उम्मेदवारलाई ओलीको निर्देशन– युवाका कुरा सुन्नू, अभियानको तस्बिर पठाउनू

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानमा होमिएका आफ्नो दलका उम्मेदवारलाई जनताको कुरा राम्रोसँग सुन्न र उनीहरूलाई बुझ्न निर्देशन दिएका छन् । दलका उम्मेदवारहरू मत माग्दै मतदाताको घरदैलो गरिरहेका बेला ओलीले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन् ।

ओलीले जनता, त्यसमा पनि युवाका कुरा बढी सुन्न उम्मेदवारलाई सुझाएका छन् ।  साथै उनले आफ्ना योजना प्रष्ट रूपमा मतदातासमक्ष राख्न पनि भनेका छन् ।

‘यस अभियानमा हामीले जनताका कुरा सुन्ने र अझ युवाका कुरा सुन्ने गर्नु पर्छ । अनि हामीले अगाडि सारेका योजनाहरू बताउने गर्नु पर्छ,’ ओलीले मंगलबार बिहान फेसबुकमा लेखेका छन् ।

ओलीले चुनावी अभियानको तस्बिर पठाउन पनि आफ्ना उम्मेदवारहरूलाई निर्देशन दिएका छन् । तर त्यस्ता तस्बिर रचनात्मक हुनुपर्ने उनको भनाइ छ ।