ताेलामा एक सय रुपैयाँले बढ्यो सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य स्थिर रही आइतबारकै मूल्य अर्थात ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी १२ सय रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया