ताेलामा एक सय रुपैयाँले बढ्यो सुनकाे मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य स्थिर रही आइतबारकै मूल्य अर्थात ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी १२ सय रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया