पञ्चाङ्ग निर्णायक समितिका लागि सातजनाको दरबन्दी स्वीकृत
काठमाडौं । नेपाल सरकारले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषदले समितिका लागि सातजनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले वि।सं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आएका हो ।
गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । जसअनुसार कार्यालय प्रमुखका रुपमा कार्यकारी निर्देशकले काम गर्ने उल्लेख छ । कार्यकारी निर्देशकले समितिको सदस्यसचिवका रुपमा समेत काम गर्ने व्यवस्था गठन आदेशमा छ ।
समितिमा पञ्चाङ्ग अधिकृत एक, वरिष्ठ कम्प्युटर सहायक (नायब सुब्बा) एक, प्रशासन सहायक (खरिदार) एक, लेखापाल (खरिदार) एक, कार्यालय सहयोगी र चालक एक/एक गरी सातजनाको दरबन्दी कायम हुने भएको हो ।
गठन आदेशले तोकेका सबै काम गर्न यो जनशक्ति कम हुने भए पनि अहिलेलाई यही जनशक्तिले काम चलाउनुपर्ने भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया