NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

‘लाइभ डिबेट’मा घरघरमा ग्याँस पाइपको कुरा उठेपछि के भने ओलीले ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावलक्षित घोषणापत्र सार्वजनिकसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गरेका छन् ।

यो चुनावमा पार्टीले पूरा नहुने घोषणापत्रको साटो पूरा हुने ‘ग्यारेन्टी’ सार्वजनिक गरेको छ । तर, विगतको चुनावमा ओलीले घरघरमा ग्याँस पाइप पुग्नेबारे दिएको आश्वासन अहिलेसम्म पनि पूरा भएको छैन ।

हाल सार्वजनिक भएको २० ग्यारेन्टी पूरा नभएमा ओलिले जनताले त्यसको भुक्तानीसमेत पाउने दाबी गरेका छन् । तर, विगतका ग्याँसपाइपजस्ता मिठा कुराको भुक्तानी खोज्न कहाँ जाने ? भन्ने प्रश्नमा उनले संकटको बेलामा आशा जगाउन उक्त विषयको उठान गरेको बताएका छन् ।

‘मैले नाकाबन्दी लागेको, खाना नपाएको, राजधानीमा तौलिएर दाउरा बेच्नुपरेको बेलामा, तातो पानी खाने उपाय नभएको संकटको अवस्थामा हाम्रो देशमा कुनै समय ग्याँसलाई चुला चुलामा पुर्याउन सक्छौं र हामी त्यता लाग्छौं भनेको थिएँ,’ उनले भने, ‘त्यो तेलखानीको दैलेखमा अहिले पनि अनुसन्धान भइरहेको छ र त्यहाँ तेलखानी छ भन्ने पत्ता लागेको छ । कुनै समय छिटै नै निक भविष्यमा उत्खनन होला ।’

घरघरमा ग्याँस पाइप नुगेपनि मोतिहारीबाट अमलेखगञ्जमा ग्याँस पाइप पुर्याउने काम आफ्नै कार्यकालमा सम्भव भएको उनले दाबी गरे । ‘त्यो काम सहज होइन । त्यो एमालेले गरेको हो,’ उनले भने, ‘मैले उद्घाटन गरेर ट्यांकरबाट खन्याउन मिल्ने स्टोरेज बनाएको हुँ ।’

यो प्रतिबद्धता ०७२ सालको भएको र अहिले आफू ग्याँस भन्दा माथि उठेर विद्युतलाई स्थापित गर्नतिर लागिसकेको उनले बताए ।

‘अहिले सात वर्ष बितिसक्यो । अब हामी ग्याँस भन्दा बढी चुला चुलामा विद्युत पुर्याउने, त्यसको खपत बढाउने र आयातिति ग्याँसतिर भन्दा आफ्नै उत्पादन विद्युतबाट खाना बनाउनेमात्रै नभएर यातायातलगायका क्षेत्रमा विद्युतीय साधनहरूको प्रयोग गर्नेतर्फ ध्यान दिइरहेका छौं,’ उनले भने ।