NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जना आयोगको कारवाहीमा

काठमाडौं । निर्वाचन आयोगले असोज १२ देखि अहिलेसम्मा निर्वाचन आचारसंहिता उल्लघंन गर्ने ७१ जना व्यक्ति तथा संस्थालाई कारवाही गरेको छ । बुधबार आयोगका प्रवक्ता दिनेशकुमार थपलियाले नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो जानकारी दिएका हुन् ।

निर्वाचन आचारसंहिता दफा ८२ बमोजिम निगरानी गर्न गृहमन्त्रालयलाई अधिकार प्रत्यायोजन गरिएको छ । आयोगको स्वीकृती लिएर प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमावाहेक प्रचारप्रसार गर्न नपाउने जनाइएको छ ।

त्यस्तै, उम्मेदवारले निर्वाचन सकिएको १५ दिनभित्र खर्चविवरण आयोगलाई बुझाउनुपर्नेछ भने राजनीतिक दलका उम्मेदवारबाट हुने खर्च गर्न जिम्मेवार पदाधिकारी तोक्न र खर्च विवरण समयमै पठाउन पनि आग्रह गरिएको छ ।

दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जाल, सांगठित समूह बनाए उम्मेदवारविरुद्ध पूर्वाग्रही भावना राखेर क्रियाकलाप गर्न पाउने छैनन् । जिल्लागत तहमा आयोगले अनुगमन अधिकृत तोकेर हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टिकरण सोधिसकेको छ ।

थपलियाकाअनुसार त्यसलाई छानविन गरी तथ्य र प्रमाण पुगेको ठाउँमा कारवाही गरिएको छ भने अन्य कारवाहीको प्रक्रिया क्रमशः आयोगले सार्वजनिक गर्दै जाने उनले जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष