रविको दलकाे चुनावी ‘वाचापत्र’ : प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीदेखि गैर राजनीतिज्ञलाई राष्ट्रपति बनाउनेसम्म
काठमाडौं । रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ ।
बिहीबार आगामी चुनावका लागि (वाचापत्र) सार्वजनिक गर्दै रास्वपाले संघीय सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेको हो ।
राष्ट्रप्रमुखको रुपमा वडातहदेखि संघीय संसदसमेत सहभागी रहने गरी राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । यसरी चुनीने राष्ट्रपति गैर राजनीतिक व्यक्ति वा १० वर्षसम्म राजनीतिक फाइदा नलिएको तथा वंशजको नागरिकता भएको हुनुर्ने वाचापत्रमा उल्लेख छ ।
उपराष्ट्रपति राष्ट्रियसभाका अध्यक्ष हुने प्रस्ताव गरेको हो । सञ्चारकर्म छोडेर गत असारमा राजनीतिमा होमिएका रवि लामिछानेले आसन्त निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेका हुन् ।
पुराना दल कांग्रेस, एमाले, मओवादी लगायतले चु्नावी घोषणापत्र सार्वजनिक गरेको अवस्थामा रास्वपाले ‘वाचापत्र’ को रुपमा अफ्नो एजेण्डा अघि सारेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया