NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

डाबर च्यवनप्राशका फाइदा अथाह : यौन क्षमता बढाउँछ, बुढ्यौली प्रक्रिया सुस्त पार्छ

जाडो भगाउन, रोग प्रतिरोध क्षमता, स्मरणशक्ति र स्टामिना बढाउन पनि उत्तिकै प्रभावकारी

काठमाडौं । डाबर च्यवनप्राश आयुर्वेद र नवीन विज्ञानको सम्मिश्रण हो । यो एक पौष्टिक जाम हो जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ ।

च्यवनप्राश संस्कृत शब्दबाट आएको हो । जसको अर्थ हुन्छ, चाटेर खाइने एक प्रकारको शक्तिवर्द्धक आयुर्वेदीय औषधि ।

च्यवनप्राशको विकास कसरी भयो भनेर जान्न प्राचीन समयको एउटा घटनातर्फ फर्कनुपर्ने हुन्छ । यो समयमा अश्विनीकुमार निकै ख्यातिप्राप्त वैद्य थिए । च्यवन ऋषि महर्षि भृगुका वंशज थिए । भृगु त्यस्ता विराट व्यक्तित्वले भरिएका थिए जसले लाखौं मानिसको जन्मकुण्डली बनाएका थिए । जुन अहिले पनि प्रामाणिक छ । त्यस्तो वंशमा जन्मिएका च्यवन ऋषि समयसँगै वृद्ध हुँदै गए । उनलाई सबैभन्दा ठूलो चिन्ता आफ्नो यौवन स्वास्थ्य कमजोर भएकोमा थियो । उनी यसलाई फर्काएर जीवन रंगीन पार्न चाहन्थे । यही प्रयोजन निम्ति उनले अश्विनी कुमारहरूको प्रार्थना गरे । अश्विनीकुमारहरू च्यवनको प्रार्थनाबाट प्रसन्न भए र दिव्य औषधि तयार गरे । यसका लागि अश्विनी कुमारहरूले अष्टवर्गका आठ वटा औषधिको वनस्पति पत्ता लगाएर त्यसलाई औषधिको रूप दिएका थिए । जसको प्रभावले च्यवन ऋषिको क्रोधी, बूढो शरीरलाई फेरि जवान बनाउने काम गर्यो । यही ईश्वरीय औषधिलाई च्यवन ऋषिको नामबाट च्यवनप्राश भन्न थालिएको हो ।

घिउ, तिलको तेल र महले जडिबुटीलाई कोशिकासम्म लैजान उत्पे्ररक एजेन्टको काम गर्दछ, जबकि महले अन्य प्रमुख तत्वहरूको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्दछ । च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र रिष्टपुष्ट बनाउन सहयोग गर्छ ।

च्यवनप्रासले हाम्रो छालालाई कोमल, नरम र चम्किलो बनाउन मद्दत गर्छ । बुढ्यौली प्रक्रियालाई सुस्त बनाउन, स्मरणशक्ति बढाउन, मुटु स्वस्थ राख्न तथा पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीलाई बलियो पार्न पनि च्यवनप्रास लाभदायक हुन्छ ।

डाबर च्यवनप्राश जडिबुटी र प्राचीन आयुर्वेदीय विधिबाट तयार गरिएको स्वास्थ्यबद्र्धन पौष्टिक जाम हो । यो विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको समिश्रणबाट तयार पारिन्छ ।

यसमा रहेको मुख्य तत्व अमला हो, जसले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । यसको समृद्ध एन्टिअक्सिडेन्ट गुणहरू र भिटामिन ‘सी’को उच्चतम स्रोतहरूमध्ये हुन्छ । यसमा रहेको घिउले एक शुद्ध मक्खन, एक उत्प्रेरक (योगवाही) को रूपमा कार्य गर्दछ र सेलुलरस्तरमा जाममा सामावेश जडिबुटीको अबशोषण गर्न सक्षम हुन्छ । शरीरका लागि विभिन्न जडिबुटीय तत्व आवश्यक हुन्छ । महले त्यस्ता जडिबुटीहरूको उत्प्रेरकको रूपमा काम गर्दछ । तिलको तेलले चाहिँ आयुर्वेदिक हर्बल तयारीमा भूमिका खेल्न बताइन्छ ।

कसरी उपभोग गर्ने ?

च्यवनप्राशलाई खास मौसममा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । प्रयोगका हिसाबले यो सदाबहार उत्पादन हो भन्न सकिन्छ । यसलाई सिधै उपभोग गर्न सकिन्छ तर तातो दूध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ । वयस्कहरूका लागि १ चम्चा दिनमा दुई पटक प्रयोग गर्नु मनासिव हुन्छ । बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा सेवन गर्नु उपयुक्त मानिन्छ । ३–१२ वर्षका बच्चाहरूलाई दैनिक दुई पटक आधा चम्चा खुवाउनु पर्छ ।

च्यवनप्राशमा पाइने प्रमुख तत्त्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन हुन्छ । जसले रगत, प्लिहा, कलेजो र फोक्सो सफा गर्छ । यसको नियमित सेवनले हामी जवान रहन र मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुदृढ गर्न, शरीरको शक्ति र सहनशक्ति निर्माण गरेर रोगसँग लड्ने प्राकृतिक क्षमतालाई बढाउन सहयोग गर्छ । श्वासप्रश्वास प्रणालीलाई प्रभावकारी पार्न पनि यसले भूमिका खेल्ने बताइन्छ ।
डाबर च्यवनप्राशको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षाको सार बनाउँछ ।

डाबर च्यवनप्राश : फाइदै फाइदाको डिब्बा

डाबर च्यवनप्रास ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको समय–परीक्षण गरिएको आयुर्वेदिक ढाँचा हो । जसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ । कारण, ब्याक्टेरिया, भाइरस, धूलो र मौसम परिवर्तनको कारण हुने खोकी र चिसोजस्ता दैनिक संक्रमणहरू दूर गराउँछ । स्वास्थ्यको हिसाबले डाबर च्यवनप्राश सबै उमेर समूह (बालबालिका, वयस्क र वृद्ध) का लागि फाइनाजनक छ । भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टले हाम्रो स्वास्थ्यको फाइदाजनक रहेको छ । डाबर च्यवनप्राशले फोक्सोको शक्ति प्रवर्द्धन गर्न सोचभन्दा निकै राम्रो काम गर्नसक्छ । यसले श्लेष्म भिल्लीलाई पोषण दिने भएकाले श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्छ । शरीरमा बल, ऊर्जा र विभिन्न संक्रमणहरूबाट जोगाएर स्वास्थ्य प्रतिरक्षा गर्न सहायता गर्छ ।

डाबर च्यवनप्राशमा पाइने जडिबुटीहरूले फोक्सो जोगाउनका लागि संक्रमणसँग लड्न मद्दत गर्छ । त्यस्तै, च्यवनप्राशले रुघाखोकी, दम, क्षयरोग, कब्जियत, भोक नलाग्ने, अल्छी लाग्ने र तौल घट्नेजस्ता रोगसँग लड्ने क्षमताको विकास गर्छ ।

प्रतिरक्षा बुस्टर र स्ट्यामिना

च्यवनप्राश एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो र शरीरलाई हेमोग्लोबिन तथा सेतो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्दछ । रगत, कलेजो र फोक्सोलाई सफा गर्छ । यसले जवानी बढाउन मद्दत गर्छ । च्यवनप्राशमा प्राचीनकालदेखि नै स्वास्थ्य परिपूरक र रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बढाउने औषधिको रूपमा व्यापक रूपमा प्रयोग हुँदै आएको पाइन्छ ।

कुपोषण

च्यवनप्राशले कुपोषक तत्त्वको कमी र गलत पाचन प्रणालीको कारण निम्तिने कुपोषणविरुद्ध लड्न मद्दत गर्छ । साथै कमजोर स्मरणशक्ति पनि बढाइदिन्छ ।

अध्ययनको निष्कर्ष– कोभिड हुन नदिन भूमिका खेल्यो

विश्वभर महामारीका रूपमा आएको कोभिड १९ संक्रमण हनु नदिन पनि यसले महत्त्वपुर्ण भूमिका खेलको विभिन्न अध्ययनहरूले देखाएका छन् । ‘अ लार्ज–स्क्याल मल्टी–सेन्ट्रिक क्लिनिक अध्ययन’ ले गरेको एक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । डाबर च्यवनप्रास कोभिड–१९ को समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्त्वपुर्ण भूमिका खेलेको उक्त अध्ययनको निचोड छ ।

यसक्रममा उसले च्वयनप्राश उपभोग गर्ने र नगर्ने ६९६ जनालाई सहभागी गराएको थियो । तीमध्ये ३५१ जना च्यवनप्राश प्रयोग गर्ने समूह र ३४५ प्रयोग नगर्ने थिए ।

अध्ययनको नतिजाले डाबर च्यवनप्राशको नियमित सेवन गर्नेहरूमा काभिड–१९ संक्रमणको जोखिम १२ गुणासम्म कम भएको पाइएको थियो ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को सामान्य मापनअनुसार यसको गम्भीरता मूल्यांकन गरेको थियो । उसले निचोडमा डाबर च्यवनप्राशको नियमित प्रयोगले जीवनस्तरमा २ गुणा सुधार भएको औंल्याएको थियो ।

कोभिड–१९ को गम्भीर संक्रमणबाट पनि यसका प्रयोगकर्ता बढी सुरक्षित रहेको पाइएको थियो । किनभने, दुई जना सहभागी मात्र आरटी–पीसिआर भएका थिए । अध्ययन अवधि पूरा भएको २ महिनापछि पोजेटिभ र दुवैमा लक्षण नदेखिएको अस्पतालका निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डा. विदुला गुजरवारले सुनाएका थिए ।

नियन्त्रण समूहमा सोही अवधिमा चार जना सहभागीमा आरटी–पिसिआर पोजिटिभ देखिएको थियो । जसमध्ये एक जनालाई अस्पताल नै भर्ना गर्नुपरेको थियो ।

जाडोसँग लड्न अचुक

यसमा धेरै रसायन जडिबुटीहरू छन्, जसले यसको इम्युनोमोड्युलेटरी प्रभावहरूमार्फत विभिन्न प्रकारका संक्रमणहरूलाई रोक्न मद्दत गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता, मौसमी प्रभाव, नाकको एलर्जीलगायत संक्रमण रोक्न यो फाइदाजनक रहेको विभिन्न क्लिनिकल र पूर्व–चिकित्सा अध्ययनहरू पुष्टि गरेको छ ।