NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एमालेको चुनावी सभा आजदेखि, सम्बोधनका लागि ओली दार्चुला जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दार्चुला जाने भएका छन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभाको पार्टीको पहिलो चुनावी सभालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।

ओलीको सचिवालयका अनुसार, सभालाई सम्बोधन गर्न उनी केहीबेरमा हेलिकप्टरमार्फत दार्चुला सदरमुकाम खलङ्गा पुग्दैछन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दैछन् । बिहान ११ बजे उनले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुगेका थिए ।

अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने कार्यक्रम छ । उनले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ ।