क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश तयार हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेको विपक्षमा काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका छन्।
जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालत प्रशासनले जानकारी दिएको छ । आज भएको छुनछेक बहसमा सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए । लामिछानेको पक्षबाट बहस सकिएपछि पीडितको तर्फबाट सरकारी कानुनव्यवसायीले बहस गरेका हुन् । लामिछाने विरुद्ध कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो ।
मुलुकी फौजदारी अपराधसंहितामा १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम सन्दिपलाई १२ वर्षसम्मको कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा सन्दिपले आफूलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेका थिए । तर विदेशमा रहेका कारण सन्दिपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट प्रहरी नियन्त्रणमा लिइएको थियो ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया