क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश तयार हुँदै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेको विपक्षमा काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका छन्।
जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालत प्रशासनले जानकारी दिएको छ । आज भएको छुनछेक बहसमा सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए । लामिछानेको पक्षबाट बहस सकिएपछि पीडितको तर्फबाट सरकारी कानुनव्यवसायीले बहस गरेका हुन् । लामिछाने विरुद्ध कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो ।
मुलुकी फौजदारी अपराधसंहितामा १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम सन्दिपलाई १२ वर्षसम्मको कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा सन्दिपले आफूलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेका थिए । तर विदेशमा रहेका कारण सन्दिपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट प्रहरी नियन्त्रणमा लिइएको थियो ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया