बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गरेका छन् । राप्रपा नवलपुरले आज डन्डामा आयोजना गरेको चुनावीसभामा उनले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गर्नुभयो । “देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ”, उनले भने ।
कांग्रेस–माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने उनको जिकीर थियो ।
“कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन्,” उनले भने ।
ताजा अपडेट
-
अदालतको आदेशलगत्तै रवि पक्राउ, भैरहवा लगियो
-
विशेष अदालतको फैसलामाथि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
-
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली
-
घुस लिएको आरोपमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बासहित ३ जनामाथि आरोपपत्र दायर
-
नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
प्रतिक्रिया