बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गरेका छन् । राप्रपा नवलपुरले आज डन्डामा आयोजना गरेको चुनावीसभामा उनले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गर्नुभयो । “देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ”, उनले भने ।
कांग्रेस–माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने उनको जिकीर थियो ।
“कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन्,” उनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया