‘सीमामा तस्करी सरकारी मिलेमतोमै’
काठमाडौं ।सरकारद्वारा गठित अध्ययन समितिले सरकारी संयन्त्रकै मिलेमतोमा सीमा क्षेत्रमा गैरकानूनी आर्थिक कारोबार र तस्करी मौलाएको निष्कर्ष निकालेको छ । प्रतिवेदनले सीमापार अपराधजन्य गतिविधि नियन्त्रणमा दलहरूका दबाब र प्रभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।
समितिले सीमापार अपराध रोकथाम तथा नियन्त्रण र अवैध कारोबार नियन्त्रणका लागि डेढ दर्जनजति चुनौती पहिचान गरी त्यसलाई सम्बोधन गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरेको छ ।
गृह मन्त्रत्रत्रालयले निर्वाचन सुरक्षा तथा व्यवस्थापन, सीमा सुरक्षा स्थिति, अन्तरसरकारी निकायबीच समन्वय, सीमा क्षेत्रबाट हुने तस्करी रोकथाम तथा नियन्त्रणका चुनौतीलगायत विषयमा अनुगमन, निरीक्षण र अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न असोज ३ मा सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकाल, सशस्त्रका डिआइजी किशोर प्रधान र राष्ट्रिसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सम्मिलित समिति गठन गरेको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया