‘सीमामा तस्करी सरकारी मिलेमतोमै’

काठमाडौं ।सरकारद्वारा गठित अध्ययन समितिले सरकारी संयन्त्रकै मिलेमतोमा सीमा क्षेत्रमा गैरकानूनी आर्थिक कारोबार र तस्करी मौलाएको निष्कर्ष निकालेको छ । प्रतिवेदनले सीमापार अपराधजन्य गतिविधि नियन्त्रणमा दलहरूका दबाब र प्रभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।
समितिले सीमापार अपराध रोकथाम तथा नियन्त्रण र अवैध कारोबार नियन्त्रणका लागि डेढ दर्जनजति चुनौती पहिचान गरी त्यसलाई सम्बोधन गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरेको छ ।
गृह मन्त्रत्रत्रालयले निर्वाचन सुरक्षा तथा व्यवस्थापन, सीमा सुरक्षा स्थिति, अन्तरसरकारी निकायबीच समन्वय, सीमा क्षेत्रबाट हुने तस्करी रोकथाम तथा नियन्त्रणका चुनौतीलगायत विषयमा अनुगमन, निरीक्षण र अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न असोज ३ मा सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकाल, सशस्त्रका डिआइजी किशोर प्रधान र राष्ट्रिसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सम्मिलित समिति गठन गरेको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया