एक वर्ष मुनिका बच्चालाई टाढा राख्नुहोस् यस्ता खानेकुराबाट

काठमाडौं । बालबालिकालाई कस्तो खाना दिने कस्तो नदिने भन्ने विषयमा आमाहरु सचेत हुन्छन् । बच्चा जन्मेदेखि नै उनीहरुलाई कस्तो खानपान गराउने, के गर्ने र के नगर्ने जस्ता आम प्रश्न आमाहरुको मनमा उब्जिन्छ ।
एक वर्ष मुनिका बच्चालाई कतिपय खानेकुरा दिन मिल्दैन् । योमध्ये एक हो मह । आमाको दूध प्राकृतिक रूपमा मिठो हुने भएकाले एक वर्ष वा सोभन्दा कम उमेरका बच्चालाई मह दिनुहुँदैन् । महमा क्लोस्ट्रिडियम बोटुलिनम ब्याक्टेरिया हुन्छ जसले बोटुलिनम नामक गम्भीर अवस्था निम्त्याउन सक्छ।
यो एक गम्भीर रोग हो जसले मांसपेशी कमजोर र श्वास सम्बन्धी समस्या आउँने गर्छ । त्यस्तै, चिनी पनि सानो उमेरका बालबालिकालाई दिनु हुँदैन् । चिनीले बच्चाको स्वास्थ्यमा नराम्रो असर गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्छ भने बच्चाहरूलाई मोटोपना, चिनी र हृदय रोग जस्ता रोगहरूको जोखिम हुन सक्छ।
अर्को बच्चालाई दिन नहुने खानेकुरा नुन हो । एक वर्ष मुनिका बच्चलाई नुन चाहिँदैन, किनकि उनीहरूको दैनिक नुनको आवश्यकता आमाको दूध वा फार्मुलाबाट पूरा हुन्छ। यदि तपाईंले बच्चालाई नुन दिनुभयो भने, यसले उसको मृगौलालाई असर गर्न सक्छ। बाल्यकालमा उच्च नुनयुक्त खानेकुरा दिँदा बच्चामा उच्च रक्तचाप, ओस्टियोपोरोसिस र श्वासप्रश्वासको समस्या आउँछ ।
त्यसै गरी गाईको दूध पनि बच्चहरुलाई दिनु हुँदैन् । बच्चाहरूलाई पोषण चाहिन्छ र यो सबै आमाको दूधबाट प्राप्त हुन्छ। गाईको दूधमा धेरै प्रोटीन हुन्छ, जसले बच्चाको नाजुक पाचन प्रणालीलाई असर गर्छ ।
प्रशोधित बेबी फूड आमाका लागि एक सजिलो विकल्प हो। तर सजिलो विकल्प मानेर बच्चालाई बेबी फूड दिनु उचित हुँदैन् । बेबी फूडहरु लामो समयसम्म स्टोर भएका हुन्छन् जसले गर्दा बच्चाले ताजा खानेकुराको पोषण खान पाउँदैन् । कम उमेरका बच्चालाई दिने खानेकुरा ताजा हुन अत्यन्त जरुरी छ ।
प्रतिक्रिया