इजरायली सैनिकसँगको झडपमा प्यालेस्टिनीको मृत्यु
एजेन्सी । इजरायली सेनासँगको झडपमा शनिबार एक प्यालेस्टिनीको मृत्यु भएको छ । उक्त घटना मध्य वेस्टबैंक सहर रमल्लाहको उत्तरपूर्वमा भएको थियो ।
यस झडपमा अर्का एक जना गम्भीर घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र प्रत्यक्षदर्शीहरूले बताएका छन् । रमल्लाहको उत्तरपूर्वीमा अवस्थित सिन्जिल गाउँका १८ वर्षीय मोसाब नाफाललाई इजरायली सैनिकहरूले छातीमा गोली हानेर मारेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
इजरायली सेनाको गाडीमा ढुङ्गा हानेका निहुँमा ती दुई व्यक्तिलाई गोली हानेको रामल्लाहका प्रत्यक्षदर्शीहरूले जनाएका छन् । यसैबीच, इजरायली सेनाले सिन्जिल गाउँनजिकैको मुख्य सडकमा इजरायली बसोबास गर्नेहरूको गाडीमा ढुङ्गा हानेर दुई प्यालेस्टाइनीहरूलाई गोली हानेको इजरायली सञ्चार माध्यमले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया