NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

रुपन्देही–२ मा विष्णु पौडेललाई वामदेवको साथ

काठमाडौं । वामदेव गौतम नेतृत्वको (नेकपा) राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई सघाउने भएको छ।

अभियानका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनीका इन्चार्ज महेन्द्र अर्यालले केन्द्रीय कमिटीको निर्णय सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गर्दै उनले पार्टीको समर्थन पौडेललाई रहने जानकारी दिएका हुन् । विष्णु पौडेल एमालेको मात्र नेता नभइ सिंगो देशको नेतृत्व गर्न सक्ने नेता भएकाले आफ्नो समर्थन रहेको उनले जिकिर गरे ।

‘उहाँ एमालेको मात्र नेता होइन । सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजान सक्ने नेता हुनुहुन्छ । उहाँ राष्ट्रका लागि आवश्यक नेता हो’, अर्यालले भने ।

अभियानका राष्ट्रिय अध्यक्ष वामदेव गौतमले सत्ता गठबन्धनको सहयोगमा प्युठानबाट चुनावमा भाग लिन चाहेका थिए । तर गठबन्धनले प्युठानबाहेका क्षेत्र लिन आग्रह गरेपछि उनको दलले निर्वाचनमै भाग नलिने निर्णय गरेको थियो ।

आफ्ना मतदाता र समर्थकहरूलाई स्वविवेक मताधिकार प्रयोग गर्न गौतमले निर्देशन दिएका थिए । पौडेलको क्षेत्रमा २५ सयभन्दा बढी मत रहेको अर्यालको दाबी छ ।

वामदेवकोसमेत सहयोग पाएपछि पौडेललाई निर्वाचन जित्न थप राहत मिलेको छ । यसअघि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।