मंसिर ४ को निर्वाचनपछि ओलीको पत्तासाफ हुनेवाला छ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली पत्तासाफ हुने बताएका छन् ।
मंगलबार चुनावी सभालाई जुम्लामा सम्बोधन गर्दै उनले दुईतिहाइको सरकार जोगाउन नसक्ने, संविधानमाथि प्रहार गर्ने, संसद् विघटन गर्ने ओली आसन्न निर्वाचनपछि पत्तासाफ हुने चेनावनी दिए ।
‘७० वर्षसम्म लडेर ल्याएको संविधानलाई ओलीले च्यात्ने दुस्साहस गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध संघर्ष गरेर हामीले लोकतन्त्र र व्यवस्था बचायौं’, उनले भने, ‘व्यवस्था रक्षा गर्नकै लागि यो गठबन्धन बन्यो । हेर्दै जानुहोला यो निर्वाचनमा ओली पत्तासाफ हुनेवाला छ ।’
अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई भएको भन्दै देशको आर्थिक उन्नती र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउँन उनले आग्रह गरे ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया