NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब ४० करोडको कारोबार

काठमाडौं । बुधबार नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको छ ।

बुधबार कुल २२३ कम्पनीको २४ हजार ३८८ पटकमा ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै आज सेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी वित्तको ४.७३ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै बैंकिङ १.०३, व्यापार ०.९५, होटल तथा पर्यटन २.०६, विकास बैंक ३.१८, जलविद्युत २.०६, नीर्जीवन १.८६, उत्पादन २.६७, अन्य २.३५, लघुवित्त २.६९, जीवन २.१८, सामूहिक लगानीकोष ०.३१ र लगानी २.७९ प्रतिसतले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ७८ लाख २७ हजार ६१९ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिभम् ६ करोड ८ लाख ४९ हजार, हिमालयन डिष्टिलरी ५ करोड १० लाख १० हजार, नेपाल रि इन्स्योरेन्स ५ करोड ७ लाख ७७ हजार र  रिदी पावर कम्पनी ४ करोड ३७ लाख ८२ हजार रूपैयाँको कारोबार भई शीर्ष पाँच भित्र प्रवेश गरेका छन् ।