दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब ४० करोडको कारोबार
काठमाडौं । बुधबार नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको छ ।
बुधबार कुल २२३ कम्पनीको २४ हजार ३८८ पटकमा ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहकै आज सेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी वित्तको ४.७३ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै बैंकिङ १.०३, व्यापार ०.९५, होटल तथा पर्यटन २.०६, विकास बैंक ३.१८, जलविद्युत २.०६, नीर्जीवन १.८६, उत्पादन २.६७, अन्य २.३५, लघुवित्त २.६९, जीवन २.१८, सामूहिक लगानीकोष ०.३१ र लगानी २.७९ प्रतिसतले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ७८ लाख २७ हजार ६१९ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिभम् ६ करोड ८ लाख ४९ हजार, हिमालयन डिष्टिलरी ५ करोड १० लाख १० हजार, नेपाल रि इन्स्योरेन्स ५ करोड ७ लाख ७७ हजार र रिदी पावर कम्पनी ४ करोड ३७ लाख ८२ हजार रूपैयाँको कारोबार भई शीर्ष पाँच भित्र प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया