NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

यी हुन् मतदानका लागि आवश्यक पर्ने सामग्री

काठमाडौं । मतदानका क्रममा ५८ प्रकारका सामग्री आवश्यक पर्ने गरेको छ । यस्ता सामग्री बन्दोबस्त निर्वाचन आयोग आफैंले गर्दै आएको छ ।

मतदानका लागि नउड्ने मसी भएको मार्कर पेनदेखि प्लास्टिकका बोरासम्म आवश्यक पर्छन् ।

 मतदानका क्रममा आवश्यक पर्ने सामग्रीहरू

मतदाता नामावली, मतपत्र, मतपेटिका, सुरक्षण सिल, नउड्ने मसी भएको मार्कर पेन, स्वस्तिक छाप (रबर), मतपेटिका स्टिकर, स्वस्तिक छाप (पित्तल), अनुसूची फारामहरू, स्टाम्पप्याड मसी, छेकाबारा, रबर म्याट, लाहा, मार्कर पेन, स्ट्याम्पप्याड, पुसपिन (प्याकेट), क्लिपपिन, स्केल, स्ट्यापलर मेसिन, स्ट्यापलर पिन (बट्टा), कैँची, ग्लुस्टिक, सोसर, पन्चिङ मेसिन, ल्यापटप, कम्प्युटर, टोनर, फोटोकपी मेसिन र पेपर, इन्भर्टर, युपिएस ब्याट्री, प्याकिङ सामग्री, प्रिन्टर, राउटर, युएसबी डंगोल डिभाइस, पेनड्राइभ, हार्डडिस्क, जेनेरेटर, सर्भर तथा स्टोरेज पूर्वाधार, नेटवर्क पूर्वाधार, डाटा सेन्टरसम्बन्धी पूर्वाधार, लाइसेन्स एन्ड सर्भिसेस ब्याकअप, भोटर रजिस्ट्रेसन सिस्टम, कर्मचारी परिचयपत्र (कार्डहोल्डर र डोरीसहित), स्वयंसेवक परिचयपत्र (कार्डहोल्डर र डोरीसहित), उम्मेदवार/निर्वाचन/मतदान प्रतिनिधि परिचयपत्र (कार्डहोल्डर र डोरीसहित), मतगणना कर्मचारी परिचयपत्र, भित्र लेखिएको कार्ड, बाहिर लेखिएको कार्ड, पुरुष लेखिएको कार्ड, महिला लेखिएको कार्ड, अन्य लेखिएको कार्ड, धूम्रपान निषेध लेखिएको कार्ड, हातहतियार निषेध लेखिएको कार्ड, मतदान केन्द्र लेखिएको कार्ड, मतदाता क्रमसंख्या लेखिएको कार्ड, प्लास्टिक बोरा, प्लास्टिक थैलो, निर्वाचन आचारसंहिता, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका र कार्यविधि, प्याकिङ टेप, प्लास्टिक सुतली, निविदा मतपत्र राख्ने नेपाली खाम, नेपाली कागजको चार किसिमको खाम, रेकर्ड फाइल (फित्तासहित), सेतो कागज ए–फोर साइज, सियो, धागो, फ्लाटिन कपडा, खाप्सियो (बोरा सिलाउन मिल्ने), कोरा कपडा थैला (निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म मतपत्र लैजान र मतदान केन्द्रमा बाँकी सामान फिर्ता ल्याउन), सलाई, जेलपेन (कालो), जेलपेन (रातो), मैनबत्ती प्याकेट, कोरा कपडा (दुई मिटरको टुक्रा), पोलबुक, इन्डेक्स/रिङ फाइल र मतदाता परिचयपत्र ।