टर्कीमा आगलागी हुँदा ९ सिरियालीको मृत्यु
काठमाडौं (एजेन्सी) । टर्कीको उत्तरपश्चिमी सहर बुर्सामा मङ्गलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गरेका छन् ।
मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।
मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो । प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छ जना भाइबहिनी, उनीहरूकी आमा र दुई जना काका–काकी थिए ।
ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ । प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको बेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो ।
घटनाबारे अनुसन्धान शूरू गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ ।
सिरियामा लामो समयदेखि जारी गृहयुद्धबाट भागेका करिब ४० लाख सिरियाली शरणार्थी टर्कीमा आश्रय लिँदै आएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया