फेसबुकले ११ हजारभन्दा बढी कर्मचारीलाई एकैपटक निकाल्दै

काठमाडाैं । फेसबुकको माउ कम्पनी मेटाले ११ हजार भन्दा बढी कर्मचारी एकैपटक कटौती गर्ने घोषणा गरेको छ । मेटाका सीइओ मार्क जुकरबर्गले बुधबार मेलमार्फत आफ्ना कर्मचारीलाई सो को जानकारी गराएका हुन् ।
सेप्टेम्बरको अन्त्यसम्म मेटामा ८७ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । फेसबुकबाहेक ह्वाटस्एप र इन्ष्टाग्रामको कर्मचारीसमेत घटाउने भएको छ । फेसबुकको इतिहासमा पहिलोपटक यति धेरै कर्मचारी निकाल्न लागेको हो । खर्च बढेको भन्दै कर्मचारी कटौती गर्न लागेको मेटाले जनाएको छ ।
गत हप्ता ट्विटरले पनि आफ्ना करिब आधा कर्मचारी हटाएको थियो ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया