फेसबुकले ११ हजारभन्दा बढी कर्मचारीलाई एकैपटक निकाल्दै
काठमाडाैं । फेसबुकको माउ कम्पनी मेटाले ११ हजार भन्दा बढी कर्मचारी एकैपटक कटौती गर्ने घोषणा गरेको छ । मेटाका सीइओ मार्क जुकरबर्गले बुधबार मेलमार्फत आफ्ना कर्मचारीलाई सो को जानकारी गराएका हुन् ।
सेप्टेम्बरको अन्त्यसम्म मेटामा ८७ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । फेसबुकबाहेक ह्वाटस्एप र इन्ष्टाग्रामको कर्मचारीसमेत घटाउने भएको छ । फेसबुकको इतिहासमा पहिलोपटक यति धेरै कर्मचारी निकाल्न लागेको हो । खर्च बढेको भन्दै कर्मचारी कटौती गर्न लागेको मेटाले जनाएको छ ।
गत हप्ता ट्विटरले पनि आफ्ना करिब आधा कर्मचारी हटाएको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया