२३ अंकले घट्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार ओरालो नेप्से साताको अन्तिम दिन बिहीबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से २३.५२ अंकले घटेर १८९३.७०२ विन्दुमा झरेको छ ।
बिहीबार नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार कुल २२६ कम्पनीको २२ हजार ३९८ पटकमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहकै आज सेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी वित्तको २.४६ प्रतिशतले घटेको छ छ । त्यस्तै व्यापार १.१८, होटल तथा पर्यटन १.०६, विकास बैंक १.४२, जलविद्युत २.०७, नीर्जीवन १.१६, उत्पादन १.२९, अन्य २.३४, लघुवित्त १.१७, जीवन बीमा १.७२ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिभम् शीर्ष स्थानमा छ । सो बैंकको १० करोड २२ लाख ३५ हजार ४२८ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रि इन्स्योरेन्स कम्पनी ३ करोड ५८ लाख २६ हजार, युनाइटेड मोदी हाइड्रोपावर ३ करोड ३४ लाख ६६ हजार, हिमालयन डिष्टिलरी ३ करोड ३३ लाख ८९ हजार र रिदी पावर कम्पनी ३ करोड ३० लाख ९७ हजार रूपैयाँको कारोबार भई शीर्ष पाँच भित्र प्रवेश गरेका छन् ।
नेप्सेका अनुसार बिहीबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा ३.९२ प्रतिशतको बृद्धि भएको छ । सिन्धु विकास बैंक २.७७, हिमालयन पावर पार्टनर १.७८, सिटीजन म्युचल फण्ड २ १.३९ र उपकार लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १.२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, अप्पर हेवाखोलाका लगानीकर्ताले ६.९१ प्रतिशतले गुमाएको छ । किसान लघुवित्त वित्तिय संस्था ५.७८, पञ्चकन्या मे हाइड्रोपावर ५.२५, गुहेश्वरी मर्चेण्ट बैंक र र इमर्जिङ नेपालका लगानीकर्ताले ५.२ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया