विश्वकै बदनाम चुनाव : मतदाता १५ हजार, भोट ३४ हजार !
काठमाडौं । विश्वका सबै लोकतान्त्रिक मुलुकमा निर्वाचन हुन्छन् । कतिपय निरंकुश देशले पनि चुनाव त गर्छन् तर देखाउनका लागि ।चाहे लोकतान्त्रिक दल भनिने नै किन नहुन्, निर्वाचनमा जित निकाल्न अमिल्दा हर्कतचाहिँ भइरहेका हुन्छन् ।
यस्तै हर्कत करिब एक शताब्दीअगाडि लाइबेरियामा सम्पन्न निर्वाचनमा भएको थियो । यही कारण उक्त निर्वाचनलाई इतिहासकै दुर्नाम मान्ने गरिन्छ ।
भूगोलका हिसाबले लाइबेरिया सानो मुलुक हो । यहाँ सन् १९२७ मा चार्ल्स डिब किङ दुई लाख ३४ हजार मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित भएका थिए । निर्वाचनमार्फत उम्मेदवार विजयी हुनु कुनै अनौठो कुरा थिएन । तर अनौठो त यो भयो कि उनले देशभरका मतदाताभन्दा पनि दोब्बर बढी मत ल्याए ।
लाइबेरियामा सम्पन्न उक्त निर्वाचनमा कुल मतदाताको संख्या मात्रै १५ हजार थियो । तर किङ एक्लैले कुल मतदाताभन्दा दोब्बर बढी ३४ हजार मत हासिल गरे ।
परिणाम घोषणापछि यो निर्वाचन निकै विवादित बनेको थियो । तथापि, उनले विरोध र आलोचनाबीच राष्ट्रपतिको पदभार सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको केही समयपछि सडक र सार्वजनिक काम गर्न बधुवाँ श्रम प्रयोग गरेको आरोप लाग्यो । अन्ततः यही कारण उनी पूर्ण कार्यकाल पूरा गर्न नपाई पदमुक्त भए ।
यो निर्वाचन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै अहिलेसम्मकै सबैभन्दा धाँधलीपूर्ण निर्वाचनका रूपमा दर्ज छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया