NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विश्वकै बदनाम चुनाव : मतदाता १५ हजार, भोट ३४ हजार !

काठमाडौं । विश्वका सबै लोकतान्त्रिक मुलुकमा निर्वाचन हुन्छन् । कतिपय निरंकुश देशले पनि चुनाव त गर्छन् तर देखाउनका लागि ।चाहे लोकतान्त्रिक दल भनिने नै किन नहुन्, निर्वाचनमा जित निकाल्न अमिल्दा हर्कतचाहिँ भइरहेका हुन्छन् ।

यस्तै हर्कत करिब एक शताब्दीअगाडि लाइबेरियामा सम्पन्न निर्वाचनमा भएको थियो । यही कारण उक्त निर्वाचनलाई इतिहासकै दुर्नाम मान्ने गरिन्छ ।

भूगोलका हिसाबले लाइबेरिया सानो मुलुक हो । यहाँ सन् १९२७ मा चार्ल्स डिब किङ दुई लाख ३४ हजार मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित भएका थिए । निर्वाचनमार्फत उम्मेदवार विजयी हुनु कुनै अनौठो कुरा थिएन । तर अनौठो त यो भयो कि उनले देशभरका मतदाताभन्दा पनि दोब्बर बढी मत ल्याए ।

लाइबेरियामा सम्पन्न उक्त निर्वाचनमा कुल मतदाताको संख्या मात्रै १५ हजार थियो । तर किङ एक्लैले कुल मतदाताभन्दा दोब्बर बढी ३४ हजार मत हासिल गरे ।

परिणाम घोषणापछि यो निर्वाचन निकै विवादित बनेको थियो । तथापि, उनले विरोध र आलोचनाबीच राष्ट्रपतिको पदभार सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको केही समयपछि सडक र सार्वजनिक काम गर्न बधुवाँ श्रम प्रयोग गरेको आरोप लाग्यो । अन्ततः यही कारण उनी पूर्ण कार्यकाल पूरा गर्न नपाई पदमुक्त भए ।

यो निर्वाचन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै अहिलेसम्मकै सबैभन्दा धाँधलीपूर्ण निर्वाचनका रूपमा दर्ज छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष