नबिल फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने समय थप
काठमाडौं । नबिल फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने समय लम्बिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको हो । मागबमोजिम आवेदन नपरेपछि म्याद थप गरिएको जनाइएको छ ।
नबिल फ्लेक्सी क्याप फण्डको इकाईका अब मंसिर ७ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० का दरले ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक नबिल बैंकलाई र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्टका लागि छुट्याइएको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाखमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
इकाई निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया