माधव नेपाललाई पार्टीमा फर्किन ओलीले दिए पहिलोपटक निम्ता

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्।
नेपालाई कुनै हातलमा माफी नदिने कठोर अडान लिँदै आएका ओलीले पहिलोपटक गल्ती सच्याएर पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
आइतबार कर्णालीको सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौं ।’
नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको आरोप लगाउँदै उनले नेपाललाई कुनै हालतमा क्षमा नदिने अडान लिँदै आएका थिए ।
ओलीले गठबन्धनका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए। अहिले देशी–विदेशी शक्तीहरू एमालेलाई हराउन लागेको भएपनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने उनले दाबी गरे ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया