नबिल बैंक र सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी
काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब टाटाको नेपालमा उपलब्ध विभिन्न विद्युतीय कार किन्नका लागि नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।
कम्पनीका अनुसार उक्त सम्झौतामा टाटाको नेक्सन र टिगोर इभी खरिद गर्दा ग्राहकले ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।
टाटाको इभी गाडी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउने उक्त सम्झौतामा उल्लेख गरिएको छ।
यसैगरी उक्त गाडी किन्नका लागि बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया