तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश

काठमाडौं । ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवार कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीस ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी कायम गर्ने आदेश दिएको हो ।
उनलाई लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य करार गर्दै उम्मेदवारी खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको भन्दै आयोगले सो निर्णय गरेको थियो । आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेकी कार्कीको मुद्दामा यसअघि उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको थियो ।
यस निर्णय खारेजीको माग गर्दै आयोगले सर्वोच्चमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले पुरानै निर्णयलाई निरन्तरता कायम गर्ने आदेश दिएको हो ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया