मतदान केन्द्रबाट गायब हुन्छन् निर्वाचन सामग्री
काठमाडौं । निर्वाचनमा पुनः प्रयोग गर्न मिल्ने निर्वाचन सामग्री निर्वाचन कार्यालयलाई फिर्ता नगरी गायब हुने गरेको छ । एक पटक प्रयोग गरेर पुनः प्रयोग गर्न मिल्ने सामग्री मतदान सकिएपछि मतपेटिकासँगै बुझाउनुपर्नेमा मतदान केन्द्रबाट नै फिर्ता हुँदैनन् । जसका कारण हरेक पटकका निर्वाचनमा उही सामान खरिद गर्दा राज्यलाई आर्थिक भार पर्ने गरेको छ ।
गत वैशाखमा स्थानीय तह निर्वाचन भएको थियो । त्यसमा प्रयोग भएका कुनै पनि सामग्री जिल्ला निर्वाचन कार्यालयको अभिलेखमा नभएका कारण आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने हरेक सामान खरिद गरेर पठाइएको छ ।
सामान बुझेर लैजाने मतदान केन्द्रका कर्मचारीलाई फिर्ता गर्नुपर्ने सामानको सूची नै दिइन्छ । तर पुनः प्रयोग हुनसक्ने सामान फिर्ता नभएको जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका एक कर्मचारीले बताए ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले रब र पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, नउड्ने मसी भएको मार्कर पेन (नङमा लगाउने), छेकाबारा, कैंची, स्ट्याम्पर मेसिन, पन्चिङ मेसिन, मतपेटिका, रबर म्याट, स्केल फिर्ता गर्नुपर्ने सूचीमा राखेको छ ।
‘यी कुनै सामग्री फिर्ता नगरी कर्मचारीले आफैं लैजाने गर्छन्,’ स्थानीय तह निर्वाचनमा खटिएका एक अधिकृतले भने ।
६ महिनाअघि प्रयोग भएको निर्वाचन सामग्री फिर्ता नहुँदा आयोगले १५ करोडभन्दा बढी रकम खर्च गर्नुपरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया