निर्वाचन आयोग अगाडि विरोध प्रदर्शन गर्ने मोहन वैद्यका कायर्कर्ता पक्राउ
काठमाडौं । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका मोहन वैद्य ‘किरण’ निकट नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ता पक्राउ परेका छन् ।
आयोग अगाडि प्रदर्शन गर्ने ६ प्रदर्शनकारीलाई पक्राउ गरेर प्रहरीले दरबारमार्ग वृत्तमा राखेको हो ।
संसदीय व्यवस्थाविरुद्ध रहेका उनीहरूले व्यवस्थाविरोधी नारासमेत लगाएका थिए ।
निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै उनीहरू नाराबाजी र विरोध प्रदर्शनमा उत्रिएका थिए ।
४ मंसिरमा चुनाव हुने भएपछि अहिले मौन अवधि चलिरहेको छ । यो बेला चुनावी प्रचारप्रसार र विरोधमा कुनै कार्यक्रम गर्न पाइदैन ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया