NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

यस्तो छ निर्वाचनमा मतदान गर्ने तरिका

काठमाडौं । आइतबार देशभर प्रतिनिधि तथा प्रदेश सभाका सदस्य चयनका लागि निर्वाचन हुँदैछ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन र यो निर्वचनमा मतदान गर्ने तरिका फरक छ ।

स्थानीय तह चुनावमा एउटा मात्रै मतपत्रमार्फत मतदाताले आफ्ना उम्मेदवारलाई मत हालेका थिए । यसपटक चारवटा मतपत्र हुनेछ ।

प्रत्येक मतदाताले चारवटा फरक मतपत्रमा एउटा मतपत्रमा एक पटक गरी स्वस्तिक छाप लगाएर चार भिन्दा भिन्दै बाकसमा खसाउनुपर्नेछ। चारवटा मतपत्रमा मत कसरी हाल्ने ?

आउनुहोस्, त्यसबारे जानौं 

१) सर्वप्रथम मतदानस्थलमा रहेका कर्मचारीबाट पहिलो मतपत्र प्राप्त गरी केन्द्रको प्रत्यक्षको लागि कुनै एक ठाउँमा मात्र स्वस्तिक छाप लगाएर पहिलो बाकसमा खसाल्ने ।

२) त्यसपछि अर्को कर्मचारीबाट दोस्रो मतपत्र लिएर केन्द्रको समानुपातिकको लागि कुनै एक ठाउँमा मात्र स्वस्तिक छाप लगाएर दोस्रो बाकसमा खसाल्ने ।

३) अब अर्कै कर्मचारीबाट तेस्रो मतपत्र लिएर प्रदेशको प्रत्यक्षको लागि कुनै एक ठाउँमा मात्र स्वस्तिक छाप लगाएर तेस्रो बाकसमा खसाल्ने ।

४) अन्तिममा फेरि अर्को कर्मचारीबाट चौथो मतपत्र लिएर प्रदेशको समानुपातिकको लागि कुनै एक ठाउँमा स्वस्तिक छाप लगाएर अन्तिम बाकसमा खसाल्ने ।

अहिले केहीबेरमा देशभर मतदान सुरु हुँदैछ । देशभरका १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले आफ्नो मतमार्फत पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्नेछन् ।