मतदानमा जाँदा यी कागजात छुट्लान् है ?
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरु भएको छ । निर्वाचन आयोगको निर्धारित कार्यतालिकाअनुसार अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान साँझ ७ बजेसम्म चल्नेछ ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्नेछ । देशभर यस्ता मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० छ । यिनैले आफ्नो मतमार्फत प्रदेश तथा प्रतिनिधिसभा सदस्य चयन गर्नेछन् ।
मतदान गर्न मतदाता नामावलीमा नाम भएर मात्र पुग्दैन । आफ्नो परिचय खुल्ने सरकारी कागजातको सक्कलै प्रति लैजानुपर्नेछ । मतदानका लागि मतदाता परिचय पत्र नै देखाउनुपर्ने नियम गत स्थानीय तह निर्वाचनबाट परिमार्जन गर्दै मतदाता नामावलीमा नाम रहेकाले परिचय खुल्ने कुनै एक सरकारी कागजातबाट मत दिन पाउने व्यवस्था गरिएको हो ।
आयोगका अनुसार, मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट (राहदानी) देखाएर पनि मतदान गर्न सकिनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया