मतदानमा जाँदा यी कागजात छुट्लान् है ?

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरु भएको छ । निर्वाचन आयोगको निर्धारित कार्यतालिकाअनुसार अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान साँझ ७ बजेसम्म चल्नेछ ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्नेछ । देशभर यस्ता मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० छ । यिनैले आफ्नो मतमार्फत प्रदेश तथा प्रतिनिधिसभा सदस्य चयन गर्नेछन् ।
मतदान गर्न मतदाता नामावलीमा नाम भएर मात्र पुग्दैन । आफ्नो परिचय खुल्ने सरकारी कागजातको सक्कलै प्रति लैजानुपर्नेछ । मतदानका लागि मतदाता परिचय पत्र नै देखाउनुपर्ने नियम गत स्थानीय तह निर्वाचनबाट परिमार्जन गर्दै मतदाता नामावलीमा नाम रहेकाले परिचय खुल्ने कुनै एक सरकारी कागजातबाट मत दिन पाउने व्यवस्था गरिएको हो ।
आयोगका अनुसार, मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट (राहदानी) देखाएर पनि मतदान गर्न सकिनेछ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया