मतदानअघि रविको आह्वान– आँट गरेर आएका छौं, हाम्रो हात समाउनुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चरम भ्रष्टाचार र वेथितिबाट मुलुकलाई बाहिर निकाल्न आफ्नो दललाई मत दिन आह्वान गरेका छन् ।
मतदानको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै उनले आफूहरू आँट गरेर मैदानमा आएकाले एक पटकका लागि साथ दिन आह्वान गरे ।
‘देशलाई चरम भ्रष्टाचार र वेथितिको दलदलबाट बाहिर निकालौं । हामी आँट गरेर आएका छौं । यस पटक हाम्रो हात समाउनुहोस् ।’
असहमतिको उपचार भए पनि वेथितिको उपचार नभएकाले मत दिनुअघि सोच्न लामिछानेले आग्रह गरेका छन् ।
आफू र आफ्नो दलसँग केही असन्तुष्टि भए त्यसलाई सल्ट्याउने प्रतिबद्धता पनि उनले जाहेर गरे ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया