५ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला
काठमाडौं । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । जिल्लाका खत्याड गाउँपालिकाअन्तर्गतका ५ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार, खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएका हुन् ।
सबै स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिएपछि अहिले अवस्था सामान्य बनेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया