NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

तस्बिरमा हेर्नुहोस् नेतादेखि उच्चपदस्थ अधिकारीको मतदान

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आइबार बिहान ७ बजेदेखि सुरु भएको छ । मतदानमा देशभर उत्साहजनक सहभागिता देखिएको छ ।

निर्वाचनमा राजनीतिक दलका शीर्ष, दोस्रो तहका नेतादेखि विभिन्न उच्च पदस्थ अधिकारीले बिहानै मतदान केन्द्रमा गएर आफ्नो मत हालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार बिहानै चितवनबाट मतदान गरेका छन् । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले आफूलाई भने मत दिन पाएनन् । उनीजस्तै अन्य केही नेताले पनि आफूलाई मत दिन पाउँदैनन् ।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दै प्रचण्ड ।
तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । उनी तनहुँको प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार छन्
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्दै ।