NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

डा. बाबुराम भट्टराई आजमात्रै गोरखा जाँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मतदानका लागि आजमात्रै गोरखा जाँदैछन् । उनी ९३ बर्षीय बुबा भोजप्रसाद भट्टराईका साथ विहान गोरखातिर लागेका हुन् ।

उनले ट्वीट गर्दै आफू र ९३ बर्षका बुवा मतदानका लागि गोरखा हिडेको बताएका छन् ।

साथमा उनले बुवासँगको फोटो र काठमाडौस्थित बबरमहलको फोटो हालेर आफु काठमाडौमा भएको र यात्रामा निस्केको लेखेका छन् ।

भट्टराई गोरखा क्षेत्र नं २ को पालुंगटार नगरपालिका वडा नं १ का मतदाता हुन् । सो निर्वाचन क्षेत्रबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् ।