NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

आयोगको अनुमतिबिना मतदान स्थगित गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमतिबिना मतदान स्थगन नर्गन निर्देशन दिएको छ ।

विभिन्न ठाउँमा विवाद तथा झडपका घटना बढेसँगै मतदान स्थगन हुन थालेपछि आयोगले सूचना जारी गर्दै त्यसका लागि पूर्वसहमति लिनुपर्ने बताएको हो ।

‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारू गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ,’ अयोगको सूचनामा उल्लेख छ, ‘स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति दिनु पर्नेछ ।’

ताजा अपडेट

नेपालवाच विशेष